साउन ८ । बेलायती युवराज्ञी केट मिडलटनले छोरो जन्माएकी छन् ।
लण्डनको सेन्ट मेरिज अस्पतालमा डचेज अफ क्याम्ब्रिज केट र ड्युक अफ क्याम्ब्रिज विलियमलाई पुत्रलाभ भएको हो ।
प्रिन्स अफ क्याम्ब्रिजको नामबाट चिनिने र राजगद्दीको तेश्रो उत्तराधिकारी हुने बालकको नाम जर्ज अलेक्ज़ेडर घोषणा गरिएको छ ।
दरबारले राजपरिवारमा नयाँ सदस्य थपिएको खबर सार्वजनिक गरेसँगै बेलायतभर उत्सव मनाइएको छ । सोमबार विहान युवराज्ञी केटलाई अस्पताल भर्ना गरिएदेखि अस्पताल बाहिर जम्मा भएका बेलायती नागरिकले खुशीयाली मनाएका थिए ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले राजपरिवारले नयाँ सदस्य पाउनु देशका लागि महत्वपूर्ण क्षण भएको बताएका छन् ।
शाही परिवारको नयाँ सदस्यको जन्म बेलायती समाचार अनुसार विहान ४ बजेर २४ मिनेटमा भएको थियो ।
अस्पतालले आमा छोरा दुवैको स्वास्थ्य ठिक भएको बताएको छ ।