साउन ८ । मलेसियाको एक रेष्टुरेष्टमा छापा मार्दा प्रहरीले ३ जना नेपाली सहित १५ जना नेपालीलाई पक्राउ गरेको छ ।
जलान इनाइस्थित एक रेष्टुरेण्टमा आइतबार राति छापा मार्दा जिआरओ (गेष्ट रिलेसन अफिसर)को रुपमा कार्यरत भनिएकाहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय ६ जना, ४ जना पाकिस्तानी, ३ नेपाली र २ बंगालादेशी महिला छन् ।
उनीहरुलाई दिउंसोको समयमा रेष्टुरेण्टमा काम गर्ने शर्तमा ल्याइएको तर पछि रातमा जिआरओ को रुपमा काम गर्न बाध्य बनाइएको खुल्न गएको प्रहरीको भनाई छ ।
एक जना पीडित महिलाकी आफन्तले लेखेको इमेल र पाकिस्तानी दुतावासले दिएको सूचनाका आधारमा उनीहरुलाई उद्धार गर्न सफल भएको प्रहरी अधिकारीहरुको भनाई स्थानीय मिडियाले उदृत गर्दै खबर दिएका छन् ।
नेपालबाट मलेसियाका विभिन्न होटलहरुमा वेट्रेसको काम र धेरै तलबसुविधाको प्रलोभनमा नेपाली महिला ल्याउने र रातमा जिआरओको काम गर्ने छ्याप्छ्याप्ती भेटिने गरेका छन् ।