साउन ७ । नवलपरासीको ठूलो खैरटवा– ६ पर्सामा अज्ञात समूहले स्थानीय ४५ वर्षीया मुन्नादेवी यादवको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय सेमरीका अनुसार आफ्नै उखुबारीमा घाँस काटिरहेको अवस्थामा ती महिलालाई पेटमा छुरा प्रहार गरी हत्या गरेका हुन् ।

शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगेको र हत्याको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।