साउन ६ । सुदूरपश्चिमाञ्चलका बाढी पीडितलाई राहत वितरण गर्न पूर्व युवराज्ञी हिमानी शाह आज धनगणी पुगेकी छन् ।

हिमानी आजै त्यहाँ पुगेपनि पूर्वराजा ज्ञानेन्द्र शाह भने भोलि त्यहाँ पुग्ने बताइएको छ ।

बाढी पीडितलाई राहत वितरण गर्न ‘हिमानी ट्रस्ट’ मा सङ्कलन भएको करिब रु ३९ लाखसहितको राहत सामग्री सुदूरपश्चिमका बाढी पीडितलाई वितरण गर्न लागिएको बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।