साउन ६ । नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्दले सशर्त सरकारले वार्ताका लागि आफूहरुलाई बोलाए त्यस्तो वार्ताको औचित्य नहुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेता चन्दले वार्ताका लागि सरकारले दिएको पत्रको आफ्नो पार्टीले अध्ययन गरिरहेको बताए ।

एक प्रश्नको जवाफमा उनले गोलमेच सम्मेलन गरी संविधानका विषयवस्तु टुङ्गो लगाउनुपर्ने धारणा व्यक्त गर्दै यी विषयलाई वार्ताको कार्यसूची बनाउनुपर्छ भने ।

आगामी मङ्सिरमा हुने भनिएको संविधानसभाको निर्वाचनले देशलाई सिक्किमीकरण गर्ने दाबी गर्दै उनले यही वार्ताबाट समस्या समाधान गर्न नचाहेमा जनप्रतिरोध गरी चुनाव असफल पर्ने चेतावनी दिए ।

एक अर्को प्रसङ्गमा उनले राष्ट्रियताको संरक्षणका लागि पूर्वराजासँग सहकार्य गरेर अगाडि बढ्न सकिने बताए । तर अहिल्यै यो विषयमा पूर्वराजासँग छलफल भने नभएको उनको भनाइ थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।