साउन ६ । नेपालका विभिन्न वामपन्थी नेताहरुले कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा रहेका नेतृत्वहरुले गद्दारी गरेकाले हरेक पटकको आन्दोलनमा धोका पाएको जनाएका छन् ।

नेकपा (एकीकृत) द्धारा संवाद डवलीमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलाल’ विषयक विचार गोष्ठीमा उनीहरुले यस्तो कुरा बताएका हुन् ।

नेकपा–माओवादीका सचिव देव गुरुङले पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको स्थापना, नयाँ जनवादी क्रान्तिको प्रस्तावना र माओवादी मान्यतालाई स्थापित गर्ने कार्यमा अतुलनीय योगदान गरेको बताए ।

‘उनको त्यो योगदान हामीले अधुरो क्रान्ति पुरा गर्ने सवालमा लगाउन जरुरी छ’ नेता गुरुङले भने, ‘कम्युनिष्टहरुले विगतमा राजा र काँग्रेसले नगरेको आत्मसमपर्ण, दलाली र गद्दारी गरेका छन्, उनीहरुसँग वैचारिक रुपमा भण्डाफोर गर्न जरुरी भएको छ ।’

अहिलेको कम्युनिष्ट आन्दोलनको प्रमुख कार्यभार राष्ट्रिय मुक्ति आन्दोलन पुरा गर्नु पर्नेमा जोड दिदै उनले राष्ट्रिय मुक्ति आन्दोलन सफल गर्नु भनेको नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्नु भएको पनि बताए । उनको जोडदार अपिल छ, ‘कम्युनिष्ट आन्दोलनका आत्मसमपर्णकारी, दलाल र गद्दारहरुलाई नाङ्गेझार पारौ ।’

नेकपा (माओवादी) का संयोजक मातृका यादवले पुष्पलालको स्मृति मनाउँदै आउँदा उनका योगदानको कदर गर्न सक्नु पर्नेमा जोड दिए । उनले नेपाली जनता र कम्युनिष्ट पार्टीको प्रधान अन्तरविरोध खुट्याएको चर्चा गर्दै भने, ‘नेपालमा नयाँ जनवाद र संयुक्त मोर्चाको सवालमा पुस्पलालको दुरदृष्टि रहेको पाइन्छ, तर नेतृत्व भने रहन पाएको देखिएन ।’ उनको तर्क छ, ‘प्रचण्ड समुहको दलाली र गद्दारी तोड्न सक्नु पर्दछ ।’

नेकपा (एकीकृत) का महासचिव परि थापाले ‘नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुस्पलाल’ विषयक विचार गोष्ठीमा आफ्नो कार्यपत्र पेश गरे । उनले पुस्पलालबाट सिक्ने कुरा त्याग, लगनशीलता र इमान्दारिता भएको दावी पनि गरे ।

क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य टिका विक्रम हमालले कम्युनिष्ट आन्दोलनका अगुवाहरुले धोका दिएको चर्चा गरे । उनले पछिल्लो समयमा एमाओवादीका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठुलो धोका पाएको बताए ।

नेकपा (एकीकृत) का पोलिटब्युरो सदस्य चित्रबहादुर आले मगर, नेकपा मालेका नेता कपिल पोखरेल, नेकपा माले (समाजवादी) का नेता विष्णु अर्याल, पुस्पलाल प्रतिस्ठानका नेता लोककृष्ण भट्टराई, लोचन केसी लगायतका नेताहरुले नेपालमा क्रान्तिका प्रेरक ब्यक्ति पुस्पलाल भएको चर्चा गरेका थिए ।

र्नु भएको छ । उनीहरुको तर्क छ, पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका इमान्दार अगुवा नेता हो, उनको योगदानको थप अध्ययन गर्न आवश्यक छ ।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।