साउन ५  । नेकपा–माओवादीको नेतृत्वमा रहेको ३३ दलीय मोर्चाले आम सहमति नभएको र हुनै नसक्ने चुनावलाई अन्र्तर्राष्ट्रिय समुदायलाई  सहयोग नगर्न  अपिल गरेका छन ।

उनीहरुले विदेशी आप्रवासीहरुलाई नागरिकता दिने, नेपालीलाई अल्पमतमा पार्ने, कुटनैतिक निकायहरुबाट काम भईरहेको भन्दै यस्तोमा साथ नदिन सबैलाई आग्रह गरेका  छन ।

निर्दलीय र असंवैधानिक सरकारले धोषणा गरेको निर्वाचनले देशमा राजनैतिक निकाश नदिने बताउँदै  देब गुरुङले बताएका  छन ।

कुनै पनि कुटनीतिक निकायहरुबाट नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुने गरी नेपाली जनताको राष्ट्रिय स्वाभिमान र लोकतान्त्रिक पद्धति समेतलाइृ गम्भीर आँच पु¥याउने खालको अलोकतान्त्रिक विधि अपनाएर संविधान बन्ने सुनिश्चित नभएको निर्वाचनलाई  सर्मथन नगरियोस् भनी सबै कुटनीतिक निकायहरुसँग  आग्रह गरका छन ।

यसैगरी विचारमा निर्वाचनका लागि सहयोग गर्नेभन्ने कुरा नेपालको सार्वभौम सत्ता समाप्त पार्ने चलखेल  भएको बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।