साउन ५ – अर्घाखाँचीको ढाकाबाङ ५ मा पूजाको प्रसाद खाँदा ६०जनाभन्दा धेरै विरामी भएका छन ।
बिरामी मध्ये ६ जना अझै बेहोस भएका छन । बिरामीको अहिले स्थानीय स्वास्थ्यचौकीका उपचार भइरुहेको बताइएको छ । पूजामा खीर खाए पछि झाडापखाला र बान्ता हुने तथा वेहोस हुने लक्षण देखिएको स्थानीय स्थानिय अहेबले बताएका छन । प्रसादमा विसाक्त पदार्थ परेका कारण प्रसाद खाएका बिरामी परेको अनुमान गरिएको छ ।