साउन ५ । नेकपा–माओवादीका सचिव देव गुरुङले विदेशीको इशारामा मङ्सिरमा हुन लागेको निर्वाचनमा आफूहरू समावेश भएर साक्षी नबस्ने बताएका छन् ।
पाल्पाको तानसेनमा शुक्रबार आयोजित पार्टीको मगरात राज्य समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले नेपाली जनतालाई झुटो आश्वासन देखाएर निर्वाचनको माध्यमबाट वैधानिकरूपमा केही दलहरूले देशलाई विदेशीको कब्जामा फसाउने षडयन्त्र गरिरहेको आरोप पनि लगाए ।
चुनाव जित्नकै लागि केही नेताहरूले पछिल्लो समयमा विभिन्न सिमानाबाट कैयौँ भारतीय नागरिकलाई नागरिकता दिलाएको पनि उनको भनाइ थियो ।
सचिव गुरुङले मङ्सिर ४ गते हुने निर्वाचन सार्नुपर्ने र राष्ट्रिय सहमतिमा दलिय सरकार बन्नुपर्ने आफूहरूको अडान यथावत रहेको बताउँदै जबर्जस्ती निर्वाचन गराए आपूmहरूले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी दिए ।