
चिनियाँ मुक्ति सेनाका सेनापति फाँङ फिनझुइको औपचारिक निमन्त्रणामा १० दिनका लागि चीनमा रहने बताइएको छ ।
उनले भ्रमणका क्रममा चिनियाँ जनमुक्ति सेनाका प्रमुख फङ फेन गुह्वी र चिनियाँ वायुसेनाका प्रमुख एवम् केन्द्रीय सैनिक आयोगका उपाध्यक्ष झ क्युलिङसँग भेट्ने जनाइएको छ ।
चीन भ्रमणका अवसरमा प्रधानसेनापतिले चिनियाँ सेनाले नेपाली सेनालाई उपलब्ध गराउने सहयोगअन्तर्गत विपद् व्यवस्थापनका समयमा प्रयोग हुने घुम्ती अस्पतालसम्बन्धी सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिने बताइएको छ ।
Comments