१८ प्रशिशत तलब वृद्धि भएपछि कर्मचारीले बढेको तलब लिन सुरु गरिसकेका छन् ।
यसरी कर्मचारीहरुको तलब वृद्धि सँगै राष्ट्रपति, उपराष्ट्र लगायत उच्चस्थ सरकारी अधिकारीहरुको समेत तलब वृद्धि भएको छ ।
सरकारले वृद्धि गरेको तलबमा भिआईपीहरुको पनि १८ प्रशित वृद्धि भएपनि कर्मचारीहरुलाई मासिक १ हजार भत्ता भने भिआईपीका लागि छुट्याइएको छैन ।
नयाँ तलब अनुसार अब राष्ट्रपतिले १ लाख ९ हजार पाँच सय ४ रुपैयाँ पुगेको छ । यसअघि ९२ हजार ७ सय २० रुपैयाँ थियो ।
यस्तै, उपराष्ट्रपतिको तलब ७८ हजार ५ सय २० रुपैयाँ पुगेको छ । यसअघि उपराष्ट्रपतिको तलब ६६ हजार ५ सय ७० रहेको थियो ।
यसैगरी, प्रधानमन्त्री तथा मन्त्री परिषदका अध्यक्षको तलब ५६ हजार २ सय पुगेको छ । यसअघि ४७ हजार ६ सय २० रहेको थियो ।
त्यस्तै, प्रधानन्याधीसको तलब ५३ हजार ५ सय ८० पुगेको छ । प्रधानन्याधीसको तलब यसअघि ४५ हजार ४ सय ७२ रहेको थियो । बाँकी उच्चस्थ सरकारी पदस्थहरुको तलब तालिकामा हेर्नुहोस्: