साउन ३ । अहिलेको बजेटमा कर्मचारीको तलब बढेपछि जो केहीको मनमा पनि लोक सेवा पास गरी जागीर खाने सोच  हुन्छ  नै । तर डोल्पा जिल्लाका एक व्यक्तिले  लोकसेवाको फाराम भर्न एक लाख रुपैयाँभन्दा बढी खर्च गरेको खुल्न आएको छ ।


डोल्पा लाखा–४ का कमलबहादुर झाँक्रीले रु एक लाखभन्दा बढी रकम खर्चेर लोकसेवा आयोगको पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयमा आवेदन फाराम भरेका छन ।

उनले स्वास्थ्य सेवाअन्तर्गत हेल्थ असिस्टेन्ट पदमा पिछडिएको क्षेत्रको एउटा कोटाका लागि यति ठूलो रकम खर्चेर आवेदन फाराम  बुझाउका हुन ।

 सुचना ढिलो गरेर पाएकोले  हिँडेर आउने समय नहुँदा  उनले डोल्पादेखि नेपालगन्जसम्म फिस्टेल एयरको हेलिकोप्टरबाट आएको बताए । पश्चिम क्षेत्रमा हेल्थ असिस्टेन्ट पदमा आयोगले कम सङ्ख्या मागेकाले धनकुटा आएको बताए।
घर फर्कंदा पनि नेपालगन्जबाट हेलिकोप्टरमै फर्कने बताए । नेपालगन्जबाट हेलिकोप्टर चढ्दा रु ६० हजारभन्दा बढी खर्च लाग्ने बताए। “हिँड्दै जाउँ भने सात दिनभन्दा बढी लाग्छ, त्यसैले यहाँबाट नेपालगन्ज गएर हेलिकोप्टरमा  चढ्नु परेको बताए।

दुर्गममा स्वास्थ्य सेवा गर्ने उद्देश्यले पर्साको वीरगन्जमा रहेको द हिमाल इन्स्टिच्यूट अफ हेल्थ साइन्समा हेल्थ असिस्टेन्ट पढेका उनले  जनताको सेवाका लागि सरकारी जागिरे भएरै छाड्ने विश्वास व्यक्त गरे । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।