साउन ३ । हामी दक्षिणतिरको छिमेकी राष्ट्रलाई सम्बोधन गर्दा मित्र राष्ट्र भारत भनेर भन्ने गर्दछौँ । तर भारतसँग सिमाना जोडिएको नेपालले भने त्यसो भन्न सकिरहेको छैन ।
छिमेकीको हेपाई खाँदा खाँदा वाक्क भएको हाम्रो दक्षिणतिरको भुभाग जहिल्यै त्यही हामीले भन्ने गरेको मित्र राष्ट्रबाट पीडित बन्दै आईरहेको छ ।
र, अहिले पनि त्यस्तै छ त्यतारित । भारतले सीमावर्ती क्षेत्रमा बनाएको बाँधका कारण रौतहट बन्जारा सीमावर्ती गाविस डुबानमा परेको छ ।
भारतले बाँध निर्माणकार्य सुरु गरेकै वेला सरकारी पक्षले स्थानीय नेपालीको दबाबपछि बाँध निर्माणस्थलको अनुगमन गरे पनि निर्माण कार्य भने रोकिएन ।
नेपाली पक्षको उदासीनताले अहिले सोही बाँधकै कारण आधा दर्जन गाविस डुबानमा परेका हुन् । बाँकी एभिन्यूज टेलिभिजनको कार्यक्रम खबरभित्रको खबर हेर्नुहोस्:
Comments