चीनमा केही दिन अघि मात्रै यस्तै घटना घटेको छ । जहाँ एक एयरहोस्टेजले चार्जमा भएको आईफोनमा फोन आएपछि उठाएर कुरा गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
एप्पलको सर्बाधिक बिक्रि भएको आइफोनले चीनको उत्तरपूर्वी सहर सिजियाङमा २३ वर्षिया मा आइलुयिनको ज्यान लिएको हो ।
![]() |
मृत आइलुयिन |
उनको मृत्युपछि आइलुयिनकी दिदीले एक सामाजिक संजालमा स्ट्याटस पोष्ट गर्दै चिनिया साउर्दन एयरलाइन्समा एयरहोस्टेजका रुपमा कार्यरत आफ्नी बहिनीको आईफोनमा करेन्ट लागेर मृत्यु भएको जानकारी गराएकी थिइन् ।
उनले चिनियाँ सामाजिक सञ्जालमा लेखेको उक्त स्टाटसमा ‘मलाई आशा छ, एप्पलले हामीलाई यसको कारण खुलाउनेछ। मलाई यो पनि आशा छ मोबाइल चार्ज गरिरहँदा तपाइँहरुले कुराकानी गर्नुहुने छैन ।’ भनेर उल्लेख गरेको एजेन्सीहरुले जनाएका छन् ।
एप्पलले आइलियनको मृत्युप्रति दुःख प्रकट गर्दै परिवारप्रति समवेदना प्रकट गरेको छ भने यस घटनाको बारेमा सूक्ष्म रुपमा छानबिन गर्ने बताएको छ ।
आइलुयिन गत डिसेम्बरमा आइफोन ५ किनेको बताइएको छ ।
यता, चिनियाँ समाचार संस्था सिन्ह्वाको एक रिपोर्टमा मोबाइलको चार्जरबाट निक्कै कम ३ देखि ५ भोल्ट सम्म हुने भएकोले यसले मानिसलाई कुनै असर नगर्ने उल्लेख गरेको छ ।
यद्यपी, विश्वमा कहिले कहीँ मोबाइल तथा आइफोनमा चार्ज गरिरहेको अवस्थामा कुरा गर्ने क्रममा करेन्ट लागेर र कहिले पड्किएर मृत्यु हुने गरेको खबरहरु भने आईरहेका हुन्छन् ।
विज्ञहरुले यसको सजिलो समाधानको उपाय भने चार्ज गरेको बेला फोनमा कुरा नगर्नु नै हो भन्छन् ।