तपाईले महिलाको अनुहारमा दाह्री जुगां आएको  देख्नु भएको छ ?

कसैले  त अलि अलि मात्र आएको त  पक्कै देख्नु भएको होला तर  भारतको पुनेका तीन दिदी बहिनी सविता, मोनिशा र  सावित्रीमा  अनुहार भरी रौंले ढाकिएको छ ।

  यस्तो अवस्था वेयरवुल्फ सिंड्रोमको भएको मानिन्छ ।  उनीहरुको बशंनुगत गुणका कारण यस्तो भएको हो ।

माहिलामा एक सुन्दरताको रुपमा प्रकृतिले नै दिएको हुन्छ भनिन्छ तर उनीहरुमा  सुन्दरता यस रौं ले गर्दा ओझलमा परेको छ ।

 यि दिदी बहिनीलाई हेर्दा पुरुष जस्तै देखिन्छन । डाक्टरको अनुसार यसको उपचार भनेको लेजर  गरेर कपाल हटाउन सकिन्छ तर यसको लागि ५ लाख देखि ८ लाखसम्म  लाग्ने बताएपछि आर्थिक अभावका कारण उनीहरुले त्यसो गरेका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।