साउन १। फोब्र्सले जारी गरेको वर्ल्ड मस्ट भ्यालुएबल स्पोर्टस् टिमको सूचीमा रियल मड्रिड सबैभन्दा धनी स्पोर्टस् क्लब बनेको छ ।
रियल मड्रिड म्यानचेष्टर युनाइटेडलाई पछि पार्दै यस वर्ष सबैभन्दा धनी क्लबको स्थान हासील गरेको हो ।
रियल मड्रिडको सम्पत्ति अहिले ३.३ बिलियन डलर रहेको बताइएको छ ।
पछिल्लो २० वर्षमा रोनाल्डो, डेभिड वेकह्याम, र क्रिष्टियानो रोनाल्डो जस्ता सफल फुटवल खेलाडीले यस क्लबमा रहेर खेलिसकेका छन ।
दोस्रो स्थानमा भने म्यानचेष्टर युनाइटेड क्लबको रहेको छ यसको कुल सम्पती ३.१७ बिलियन डलर रहेको छ । भने २. ६ डलर सम्पती रहेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ ।
बिश्वका १० धनी क्लबको नाम तालिकामा हेर्नुहोस।
Comments