गुलाम आजमले युद्धका क्रममा हजारौँ मानिसहरुको हत्या र बलात्कार गरेको आरोपमा अदालतले उनलाई ९० वर्षको सजाय सुनाएको हो ।
आजामले यो फैसलाको अस्वीकार गरेका छन् । फैसलाको विरोधमा राजधानी ढाका लगायत अन्य थुप्रै ठाउँमा विरोध प्रदर्शन समेत भएको छ ।
आजम आवद्ध रहेको पार्टी जमात ए इस्लामीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा त्यहाँ सयौँ मानिसहरु घाइते समेत भएको बिबिसीले जनाएको छ ।
स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरी रबरका गोली समेत चलाएको छ ।
आजम १९६९ देखि २००० सम्म जमात ए इस्लामी नेता थिए । उनलाई त्यहाँ आध्यात्मिक नेताका रुपमा लिइने गरिन्थ्यो ।
उनले पाकिस्तान र बंगलादेश विभाजन भएको कडा विरोध गर्दै आएका थिए । स्वतन्त्रता संग्रामका दौरानमा भएको घटनालाई लिएर अपराधी घोषित गरेको भन्दै आजामको पक्षमा ठूलो संख्यामा समर्थन रहेको छ । – एजेन्सीको सहयोगमा