असार ३१ । कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । कैलालीको धनगढी स्थित शिवनगरमा गएराति जीप र मोटरसाईकल एक आपसमा ठोक्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।
प्रहरीका अनुसार राती ८ बजेतिर ना २ च ३५५४ नम्बरको जीप र से १ प १०८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीएको थिए ।
दुर्घटनामा परि मोटरसाईकलमा सवार ४८ वर्षीय तीलादेबी चन्दको मृत्युको भएको र चालक केशब चन्द घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गाडी चालक र गाडी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी ऋषीराम कडेलले बताए ।
यस्तै उता भजनी–१ रजवाराका २७ वर्षीय सुरेन्द्र चौधरीको नदीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको स्थानीय काँडा नदीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी नायव निरीक्षक मिनबहादुर धामीले बताए ।
यसैगरी कैलालीकै मसुरिया–४ मुक्त कमैया शिबिरकी ३५ बर्षिय जानकी चौधरीको खोलामा डुबेर मृत्यु भएको छ ।
माछा मार्ने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । उता, शनिबार बझाङमा नदीमा बगेर बेपत्ता भएकि किशोरीको अवस्था अझै पनि अज्ञात रहेको छ । बेपत्ता हुनेमा मझीगाउ–५ सिप्टीकोटकी १९ बर्षिया अम्भीका रोकाया रहेकी छन् ।