असार ३१ । मंसिर ५ का लागि मिति तोकीसकेको तर भद्रगोल अवस्थाका कारण हुने निश्चित भने भईनसकेको संविधानसभाको निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर सरकारले आर्थिक वर्ष २०७०/०७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोडको बजेट सार्वजनिक गरेको छ ।

मंसिरमा हुने भनिएको चुनावका लागि मात्रै सरकारले १६ अर्ब रुपैयाँ छुट्याएको छ ।

कुल बिनियोजन मध्ये पुँजीगत खर्चको लागि ८५ अर्ब १० करोड, चालु खर्चको लागि ३ खर्ब ५३ अर्ब ४८ करोड र बित्तिय ब्यबस्था तर्फ ७८ अर्ब ७२ करोड बिनियोजन गरिएको छ । यो बजेट चालू आर्थिक वर्षको तुलनामा ३९ प्रतिशत बढी हो ।  चालू वर्षको बजेट ४ खर्ब ५ अर्ब रहेको थियो ।


नयाँ नारा र कार्यक्रम नथपी पुरानो बजेटलाई आत्मसात गर्दै र आगामी सरकारलाई पनि सहयोग पुग्ने गरी भन्दै नयाँ बजेट सार्वजनिक गरेको हो ।

बजेटमा संविधानसभा निर्वाचनको अलवा ऊर्जा, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, लगानी प्रबर्द्धन, सुशासन प्राथमिकतामा परेका छन् ।  सरकारले पशुपति क्षेत्र, लुम्बिनी, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र भेरी बबई डाईभर्सनलाई राष्ट्रिय गौरवका योजना घोषणा पनि गरेको छ । सरकारले तीन वर्षपछि कर्मचारीको तलव १८ प्रतिशतले वृद्धि पनि गरेको छ ।

लक्ष्य पूरा गर्नका लागि सरकारले राजस्व मार्फत ३ खर्ब ५९ अबै ३० करोड उठाउने नीति राखेको छ ।

 यस्तै सावाँ भुक्तानी बाट ५ अर्ब ५० करोड र बैदेशिक सहयोगबाट ६९ अर्ब ५४ करोड उठाउने लक्ष्य छ । यो स्रोतबाट नपुगेर ७७ अर्ब घाटामा रहने बजेटको लागि ४३ अर्ब बैदेशिक ऋण र ४४ अर्ब आन्तरिक ऋणबाट पुर्ती गरिने छ ।

बजेटका केही बुँदाहरु यस प्रकार छन्  :

– बजेट निर्वाचन केन्द्रित रहेको छ । निर्वाचनका लागि  १६ अर्व रुपैयाँ छुट्याइएको छ । तर हुने नहुने निश्चित छैन ।
–  संविधानसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने ।

– जलविद्युत, कृषि, भौतिक पूर्वाधार, शिक्षा, पर्यटन, निजी क्षेत्रका लागि लगानी प्रबर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सुशासन प्राथमिकता ।

संविधानसभा
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । – See
more at:
http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf
संविधानसभा
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । – See
more at:
http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf
संविधानसभा
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन सहयोग पुर्‍याउने । – See
more at:
http://www.ekantipur.com/np/2070/3/30/full-story/372066.html#sthash.XJViReiy.dpuf

– गरिबी निवारणका लागि ४ अर्ब ८२ करोड ।

– उर्जा क्षेत्रलाई ३० अर्ब ।

– सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहित गर्ने ।

– ७ हजार १ सय ४३ सामुदायिक विद्यालयमा कम्प्युटर र इन्टरनेट पुर्‍याउन १ अर्ब ।

– विभिन्न जलविद्युत आयोजनाको मर्मतका लागि १ अर्ब ९ करोड ।

 – कलंकी कोटेश्वर सडकलाई ८ लेन बनाउनका लागि ५१ करोड ।

– चोभारमा अन्तराष्ट्रियस्तरको औद्योगीक प्रर्दशनीस्थल बनाइने ।
– लोककल्याणकारी विज्ञापनमा २५ प्रतिशतले वृद्धि ।

– १ अर्बभन्दा बढि लगानी गर्नेलाई प्रधानमन्त्री उद्यमी सम्मान दिइने ।
– ३१ हजार युवा युवतीलाई तालिमका लागि ६१ करोड विनियोजन । निरक्षरलाई साक्षर बनाउन १ अर्ब ।

– ७५ वर्ष पुगको बृद्ध र १५ वर्ष मुनिकालाई निःशुल्क मुटुरोग उपचार ।

– अन्तर्जातीय विवाह गर्नेलाई १ लाख दिने नीतिलाई निरन्तरता ।

– खेलकुद पूर्वाधारमा २१ करोड ।

आर्थिक वर्ष २०७०/७१ को आय—व्ययको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।