असार २९ । विश्व सम्पदा सुचीमा सुचीकृत हनुमानढोका दरवार क्षेत्र र सुन्धारा धरहरा क्षेत्रको एकल टिकट लागू गरी एकिकृत र समन्वयात्मक ढंगले संरक्षण र सम्बद्र्धनका लागि काठमाडौँ महानगरपालिकासंग साइड वाकर्स ट्रेडर्स प्रा.लिसंग भएको सम्झौता लागू हुने भएको छ ।

सम्पदा संरक्षण संघर्ष समितिका नाममा वितण्डा मच्चाएर तगारो हाल्न खोज्ने दुई व्यक्ति समितिबाट निकालिए पछि र मन्त्रिपरिषदको कार्यालयले सम्झौता तत्काल कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालयलाई कडा निर्देशन दिएपछि सम्झौता कार्यान्वयन हुने भएको हो ।

संघर्ष समितिको नामबाट श्याम मानन्धर र गणपतिलाल श्रेष्ठले एमाओवादी केन्द्रीय सदस्य सर्वोत्तम दास डंगोलको निर्देशनमा साईडवाकर्ससंग सम्झौता कार्यान्वयन गराउन एक करोड रुपैयाँ माग्दै आएको स्रोतको दाबी छ ।

सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत मुलुककै एक मात्र नमुनाका रुपमा रहेको साईडवाकर्स ट्रेडर्स प्रा.लि.ले वि.सं. २०६१ बाट धरहरा संरक्षणको जिम्मेवारी पाएको थियो ।

पछिल्लो पटक २०६९/१२/५ गते विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका क्षेत्रको संरक्षण र सम्बद्र्धन गर्ने सम्झौता पछि त्यस क्षेत्रले काँचुली फेर्ने धेरैले सार्वजनिक रुपमै त्रताएका थिए । तर केही समय ढिला भएर भए पनि सम्झौता कार्यान्वयन हुने भए पछि स्थानिय बासी हर्षित बनेका हुन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।