असार २९ (रासस)। भारतको बोधगयामा भएको शृङ्खलाबद्ध विस्फोटपछि नेपालमा पनि बौद्ध क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
यसअघि लुम्बिनीको सुरक्षामा सशस्त्र प्रहरी मात्र खटिँदै आएकोमा बोधगयाको घटनापछि लुम्बिनीलगायतका स्थानमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय भैरहवाले जनाएको छ । बौद्ध धर्मावलम्बिहरुको आस्था र विश्वासको केन्द्र लुम्बिनीलगायतका क्षेत्रमा विशेष सुरक्षा टोली खटाइएको रुपन्देहीका प्रहरी उपरीक्षक हरिबहादुर पालले बताए।
लुम्बिनीको विशेष सुरक्षाका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सुरक्षाकर्मीको टोली खटाइएको छ । कतिपय स्थानमा सादा पोसाकका प्रहरी पनि खटाइएको र सीमा क्षेत्रमा पनि सतर्कता बढाइएको छ ।
यस क्षेत्रका बुद्धसँग सम्बन्धित कपिलबस्तु, रामग्रामलगायतका स्थानलाई उच्च सुरक्षा निगरानीमा राखिएको लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीमा आउने सबै पर्यटकलाई चेकजाँच गरेरमात्र प्रवेशको व्यवस्था मिलाइएको कोषले जनाएको छ । सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै आन्तरिक सुरक्षा प्रणालीलाई पनि मजबुत पारिएको कोषका कोषाध्यक्ष ओमप्रकास अर्यालले जानकारी दिए ।

Comments