माओवादी संग वार्ता सम्वन्धमा उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्दै

 असार २९ ।गोलमेच सम्मेलन र सर्वदलीय बैठक गर्न तयार हुने निर्णय गरेको उच्चस्तरीय राजनीतिक समितिले यस बिषयमा थप छलफलका लागि उच्चस्तरीय राजनीतिक समितिको बैठक  नयाँ बानेश्वरमा बस्दै छ ।

 नेकपा–माओवादीले उच्चस्तरीय राजनीतिक समिति र सरकारसँग  छलफल गर्न बार्ता टोली सार्वजनिक गरेपछि यसबारे  छलफल गर्न उच्चस्तरीय राजनीतिक समितीले जनाएको छ ।

निर्वाचनको मिति परिवर्तन, ११ बुँदे र २५ बुदे सहमति खारेजीमाग   राख्दै निर्वाचनको बिरोध गरिरहेको नेकपा–माओवादीलाई निर्वाचनमा  ल्याउनका लागि लचिलो हुने बताएको छ । 

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला