असार २९ ।बलिउडका अभिनेता प्राण को गए राति निधन भएको छ ।उनको  आज मुम्बई स्थित  शिवाजी पार्क मसान घाटमा  अन्तिम सस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

९३  वर्षका प्राणको मुम्बईको लीलावती अस्पतालमा गए राति निधन भएको थियो ।

पन्जाबी फिल्म बाट बलिउडमा आएका प्राण एक प्रतिभावान कराकारको रुपमा चिनिन्थे ।
प्राणले बलिउडमा   चार  सय भन्दा बढि फिल्ममा अभिनय गरिसकेका छन ।प्राणले बलिउड क्षेत्रमा ६० वर्ष बिताए । उनले बलिउड क्षेत्रमा भिलेनको रुपमा अति रुचाइएका कलाकारको रुपमा लिइन्छ ।
फिल्म राम और श्याम, पूरब पश्चिम, कर्ज, शराबी  र जंजीरमा उनले सफलता प्राप्त गरेका थिए।

उनको निधनले बलिउड क्षेत्रमा एक सफल खलनायकको  अभाब रही  रहने बताइएको छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।