असार २८ । भारतको मुम्बई सर्वोच्च अदालतले प्रेम सम्बन्धको क्रमा  भएको यौन सम्वन्धलाई बलात्कार भन्न नसकिले बताएको छ ।

अदालतले प्रेमीले बलत्कार गरेको भन्ने रिटमा  परेको  मुद्दालाई यस्तो  निर्णय सुनाएको हो ।  प्रेमका बेला भएको यौन सम्बन्धलाई टुटेपछि बलात्कार गरेको भन्नै नसकिने  अदालतले बताएको छ ।

अदालतको  यस्तो निर्णय पछि तीन वर्ष देखि जेलमा रहेका आरोपी ३९ वर्षीय मनेश कोटियान रिहा भएका छन् । कोटियान विरुद्ध उनकी पूर्व प्रेमिकाले बलात्कारको  मुद्दा दायर गरेकी थिइन ।

ती महिलाले आफ्नो जन्मदिन मनाउने क्रममा आफ्ना पूर्वप्रेमीले आफुलाई होटलमा जवरजस्ती करणी गरेको आरोप लगाएर मुद्दा हालेकी थिइन  तर अदालतले उनीहरुबीच भएको उक्त यौनसम्बन्ध आपसी समझदारीमा भएको ठहर गर्दै उत्त मुद्दा खारेज गरेको जनाएको छ । – भारतीय मिडियाको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।