थाईल्याण्डमा पारस शाहले मनाए खुसीयाली

असार २८ । थाईल्याण्डको राजधानी बैंककमा उपचार पछि सुधार केन्द्रमा रहँदै आएका पूर्व युवराज पारस शाहले स्वास्थ्यमा सुधार भएको उपलक्ष्यमा खुसीयाली मनाएका छन् ।

फोटो: सुनिल फेसबुक

उनले आफ्ना सहयोगी सुनिल खड्काको त्यहाँ रहेको रेष्टुरेष्टमा गएर खुसीयाली मनाएका हुन् ।

खुसीयाली मनाएपछि सुनिलले भने आफ्नो फेसबुकमा पारससहित खिचेको फोटो सार्वजनिक गरेका छन् ।

उक्त फोटोमा पारस शाह निक्कै मोटाएको देख्न सकिन्छ ।

केही समय अगाडी पारस शाहले एक नेपालमाथि दुर्व्यवहार गरेको खबर समेत बाहिर आएको थियो । त्यसको केही दिनपछि उनले स्वास्थ्यलाभ भएको भन्दै खुसीयाली मनाएका हुन् ।

यसअघि पारसलाई हृदयघात भएपछि समितिवेज अस्पतालमा उपचारमा उपचार गराईको थियो । सो बेला पारसको अवस्था आशाजनक भन्दा पनि कमजोर भएको चिकित्सकहरुले बताएका थिए । तर उनी अहिले भने पूर्ण रुपमा स्वस्थ भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 1 COMMENT

    1. दुर्ब्यबहार गरेको भन्ने कुरा गलत हो | दुख पर्दा त आइनस मात्रै भनेको हो, जे पायो त्यहि हाहा को भरमा समाचार बनाको किन हो | यस्तो नि पत्रकारिता हुन्छ ?

    Comments are closed.