असार २८ । इन्डोनेशियाको उत्तरी सुमात्राको कारागारबाट १ सय ५० जना भन्दा कैदी भागेका छन ।
४ सय जनाको क्षमता रहेको तान्जुङ गुस्ता कारागारमा २ हजार ४ हजार भन्दा बढी कैदी रहेकोले विभिन्न समयमा कैदीहरुले नारावाजी पनि गर्ने गरेका थिए ।
यसै क्रममा कारागारमा बिजुली र पानीको अभाब भएको भन्दै प्रदर्शनका उत्रिएका कैदी हरु फरार बताइएको छन ।
खबर अनुसार कैदीहरुले जेलका प्रहरीको बन्दुक खोसेर प्रहरीलाई कुटेको बताइएको छ । केही कैदीहरुले जेलमा आगो पनि लगाइदिएका छन । तान्जुङ गुस्ता जेलमा रहेका ति कैदीहरु केही आतंकवादीको अभियोगको मुद्दा लागिरहेको अधिकारीहरुले बताएको छन ।
फरार केदीलाई वरिपरिका सम्भावित क्षेत्रमा खोजी कार्य तिब्र बनाएको प्रहरीले बताएको छ ।




