अब कानले सुन्ने मात्र होईन देख्न पनि सकिने कुरा पत्ता लागेको छ । बेलायती  बैज्ञानिक हरुले  यो कुराको दाबी गरेका छन की  उनीहरुले एउटा यस्तो उपकरण  बनाएका छन  जसको सहयोगले नेत्रविहिनले सजिलै देख्न सक्नेछन्।

 अनुसन्धानकर्ताले  यस उपकरणाको नाम वायस  राखेका छन् ।  जसले के कुरा बताउछ भने कुनै बस्तुको नाम  कानले सुनेर  छिट्टै नै  उत्त बस्तुको चित्र बनाउन सक्दछ ।

यसले नेत्रविहिनलाई स्पष्ट रुपमा तस्विर देखेको जस्तो  देखाउन मद्दत गर्छ  ।  कुनै पनि आवाजबाट दृष्टिबिहिनले यस उपकरणको साहयतालेतस्विर बनाउने बेलायतको युनिभर्सिटी अफ बाथका अनुसन्धानकर्ताक डा. माइकल प्राक्सले यस्तो बताएका छन ।

अनुसन्धानको क्रममा  स्नेलेन थम्बलिंग ई टेस्टेको आधारमा प्रयाग गरिएको थियो ।  अध्यनमा सहभागिलाई  ई अक्षरलाई   फरक-फरक  दिशामा  र  विभिन्न  आकार बनाएर देखाइएको थियो । उक्त परिक्षणमा भाग लिएका हरुले यस्तो उपकरणको सहयोगले  उक्त र्ई तस्विर लाइ  उनीहरुले राम्रो संग चिन्न सकेको बताएका थिए ।

अध्यनकर्ताले उपकरणाको बारेमा पहिले  केही नबताइएको र पछि उनीहरुले प्रश्न  गरी  परिक्षाण  गरेका थिए उनीहरुले आफुले तस्विरलाई देखेको अनुभब सुनाएक थिए ।

डा. प्राक्स लाइ के दाबी गरेका छन भने  यो उपकरणको प्रयाग गरे पछि नेत्रहिनले कानले देखन सक्ने क्षमता  प्रदान गरेको बताएका छन । एजेन्सीको सहयोगमा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।