असार २८ । गैरसरकारी संस्था एनजिओ, आईएनजिओका कार्यक्रमहरुमा आजदेखि न्यायाधीशहरु सहभागी हुन नपाउने भएका छन् ।

न्यायाधीश र अदालतमा कार्यरत विशिष्ट श्रेणीका पदाधिकारीलार्ई आजदेखि त्यस्ता कार्यक्रममा जान रोक लगाइएको हो ।

न्यायाधीशहरू कार्यालयको काम छाडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका कार्यक्रममा सहभागी हुने क्रम बाक्लिएको भन्दै यस्ता कार्यमा रोक लगाउन सर्वोच्च प्रशासन र न्यायपालिकाका पाँचओटा ट्रेड युनियनहरूले बिहीबार सहमति समेत गरेका थिए ।

यो सहमतिपछि अब तालिम दिने र कार्यपत्र पेस गर्ने नाममा कार्यालय समयमा एनजीओ, आईएनजीओको कार्यक्रममा सहभागी हुन पूर्णतया बन्देज लगाइने भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।