पछिल्लो समय विश्वभर नै लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसबुककी एसिया निर्देशक रहेकी सुनिता कौरले संस्था छाडेकी छन् ।

उनले फेसबुक छाडेर म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटीफाइको एसिया निर्देशकमा रुपमा नियुक्त भएकी छन् ।

सामाजिक सञ्जाल कम्पनी छाडेर उनी म्युजिक स्ट्रिमिङ कम्पनी स्पोटीफाइको एसिया निर्देशकमा नियुक्त भएको अन्तर्राष्टिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अढाइ वर्षदेखि फेसबुकको एसिया निर्देशक रहेकी सुनिताले खासगरी फेसबुकको विज्ञापन विभागमा महत्वपूर्ण काम गरेकी थिइन् ।

स्पोटीफाइमा उनले एसिया प्यासिफिक क्षेत्रका हङकङ, मलेसिया, सिंगापुरसहित ८ देशमा नयाँ बजार खोज्ने जिम्मेवारी बहन गर्नुपर्ने भएको छ ।

सुनितालाई स्पोटीफाइको एशिया सेल्स विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।