असार २६ । नेपालमा क्यासिनो चलाउन सरकारले ‘क्यासिनो नियमावली-२०७०’ लागू गर्न लागेको छ ।

उक्त नियमावली अनुसार इजाजतपत्रका लागि दुई करोड रु पैयाँ र एक वर्षको रोयल्टी रकमबराबरको बैंक ग्यारेन्टी बुझाउनुपर्ने भएको छ।

मन्त्रिपरिषद्बाट जारी हुने अन्तिम तयारीमा रहेको नियमावलीको मस्यौदामा क्यासिनो सञ्चालन गर्न चाहनेले सुरु मा निवेदन दस्तुरबापत पाँच लाख रु पैयाँ, दुई करोड रु पैयाँ इजाजत दस्तुर र पर्यटन मन्त्रालयले तोकेको बैंकबाट एक वर्षको रोयल्टी रकमबराबरको बैंक ग्यारेन्टी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सरकारले क्यासिनोलाई नियमन गर्न बनाएको यो नियमावलीले क्यासिनो र मिनी क्यासिनोलाई परिभाषित गर्दै यस्तो व्यवस्था गरेको हो। नियमावलीमा आधुनिक मेसिन वा उपकरणको माध्यमबाट खेलाइने खेल ९मिनी क्यासिनो० का लागि भने दुई लाख निवेदन दस्तुर र एक करोड रु पैयाँ इजाजतपत्र दस्तुर तोकिएको छ। यस्ता मिनी क्यासिनोले पनि मन्त्रालयबाट इजाजत लिनुपूर्व एक वर्षको रोयल्टीबराबरको बैंक ग्यारेन्टी देखाउनुपर्नेछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।