अश्लील नृत्य गरेको भन्दै मल्लिका शेरावतलाई अदालतको पत्र

असार २५ । भारतको स्थानिय बडोदरा अदालतले अश्लीलता फैलाएको भन्दै बलिउडकी नायिका मल्लिका शेरावतलाई अगष्ट १९ मा अदालत  हाजिर हुन को  लागि पत्र पठाएको छ ।

बडोदरा  बार एसोसिएशनका  पूर्व अध्यक्ष नरेद्र तिवारीले ३१ डिसेम्बर २००६ मा मुम्बईको  नयाँ वर्षको पुर्वसन्ध्यामा आयोजना गरीएको एक पार्टीमा अश्लील नृत्य  गरेको आरोप लगाएर  मल्लिका  बिरुद्ध अदालतमा  मुद्दा  हालेका थिए ।

सोही विषयलाई लिएर अदालतले उनलाई हाजिर हुन पत्र काटेको हो । यस विषयले अहिले बलिउडमा निक्कै चर्चा पिटेको छ ।