असार २४ । कुनै चलचित्र सम्बद्ध कार्यक्रम भने थिएन । र कुनै फिल्मको सुटिंग पनि होइन । तर महानायक राजेश हमाल सोमबार थापाथलीमा पुगेका थिए ।

कार्यक्रम थियो एक सुजुकी बाइकको नयाँ सोरुमको उद्घाटन । उदघाटनमा निम्त्याइएको रहेछ- उनै महानायक र गायिका कोमल वलीलाई । सोरुम उदघाटनका क्रममा हमालले विभिन्न प्रकारका बाइकहरुको अवलोकन गरे ।

अवलोकनकै क्रममा उनले ७ लाख ४९ हजार पर्ने बाइकमा आँखा लगाए र सोही बाइकमा चढे । बाइकमा चढ्दै हमालले कोमललाई पछाडी बस्न आग्रह गरे । उनको आग्रहसँगै कोमल पनि हास्दै उनकै पछि बसिन् ।

उक्त दृश्य देखेपछि सञ्चारकर्मीहरुले मुख खोलि हाले । कोमललाई लिएर कतै जाने रहर त छैन नि ? हमालले हाँसे तर केही पनि बोलेनन् ।

केही छिनमा हमालले बाइक चढ्ने सोख आफ्नो पनि भएको तर फुर्सद नभएको बताए । निजि कार चढ्ने गरेका हमालले ७ लाखको बाइकमा प्रेमिकालाई राखेर घुमाउने इच्छा रहेको समेत बताए ।

केही छिनमै

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।