विश्वमै पहिलो पटक अमेरिकामा पूर्ण रुपमा सौर्य उर्जाले चल्ने विमानले अमेरिकालाई फन्को लगाएको छ ।
सौर्य उर्जाकै भरमा चल्ने उक्त जहाजले अमेरिकालाई फन्को मारेर गरेको यात्राका क्रममा ८ राज्यका हवाईअड्डामा रोकिएको थियो ।
यो विमान हवाई इन्धनबाट चल्ने अन्य विमानभन्दा कयौ गुना हलुका रहेको बताइएको छ ।
दुईजना पाईलटले पालैपालो उडाएका विमानले प्रतिघण्टा ७० किलोमिटरको दलर यात्रा तय गरेको बिविसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार दिनरात आकाशमा उडेर सौर्य उर्जाले चल्ने विमानले पुरै अमेरिका फन्को मारेको यो पहिलोपटक हो ।
Comments