एनआरएन बेल्जियममा नयाँ कार्यसमिति, अध्यक्षमा गुरुङ

असार २४ । गैर आवसीय नेपाली संघ एनआरएन बेल्जियममा नयाँ समिति चयन भएको छ ।

आइतबार भएको मतदानबाट अध्यक्षमा प्रेम गुरुङ बिजयी भए भने उपाध्यक्षमा गोपाल शिंखडा, महासचिबमा माधव सापकोटा, सचिवमा बुद्धि बराल निर्वाचित भएका छन् । त्यस्तै महिला प्रतिनिधिमा शारदा अर्याल र कोषाध्यक्षमा नरहरि सापकोटा बिजयी भएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

नेपाली कांग्रेस निकट उक्त जनसम्पर्क समितिको अध्यक्ष पदका अर्का प्रत्याशी गंगाधर गौतमलाई १ सय मतले पछाडि परेका थिए ।

उनीहरुमध्ये गुरुङ कोइराला र गौतम देउवा पक्षधर मानिन्छन् ।

युवा संयोजकमा कुमार जोशी केदार र सदस्यहरुमा सगरदास श्रेष्ठ, नारायण सिलवाल, परमानन्द सापकोटा बैकुण्ठ पहारी र सुवीर सिग्देल बिजयी भएका छन् ।

यस्तै आइसिसी पदमा नेकपा एमाले निकट नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमका शिवकुमार बरुवालले जनजाति महासंघका यूरोप संयोजक पिजी शेर्पालाई पछाडी पारेका छन् ।