असार २४ ।( रासस) भारतबाट काम गरेर घर फर्कने दुई नेपाली बाटोमै लुटिएका छन ।

दिल्लीबाट रुपैडिहा आउँदै गरेका नेपालीलाई बसमा फेला परेका र आफूलाई नेपाली बताउने केही युवकले बिस्कुट खुवाएर बेहोस बनाई एक लाख ४२ हजार भारतीय रुपैयाँ र पाँच थान मोबाइल लुटेको उनले बताएको सिमानास्थित जमुनाहा प्रहरीले जनाएको छ ।

     डेउढाकला–६ बर्दियाका प्रेमबहादुर रानालाई दैलेख घर बताउने दुई नेपालीले हेलमेल गरी बिस्कुट खुवाएर बेहोस पारी एक लाख भारु र मोबाइल दुई थान लुटेको प्रहरीले जनाएको छ ।

    प्रहरीले रानालाई रुपैडिहा बसपार्कबाट बेहोस अवस्थामा उद्धार गरेर नेपालगन्ज ल्याई उपचार गराएर घर पठाएको प्रहरीले जनाएको छ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।