पत्नी सिताका साथ प्रचण्ड सिंगापुर प्रस्थान

असार २३ । एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालका साथ  सिङ्गापुर प्रस्थान गरेका छन् ।

पत्नी सीताको मृगौलामा समस्या आएपछि  उपचारको लागि उनीहरु  साढे १ बजे थाई एयरबाट सिङ्गापुर तर्फ  लागेका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

प्रचण्ड ४ दिनसम्म सिङ्गापुरमा रहने बताइएको छ । तर पत्नी सिताको स्वास्थ्य अवस्थाका आधार उनी त्यहाँ कति बस्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।

प्रचण्ड सिंगापुरमा रहँदा त्यहाँ कुनै राजनीतिक भेटघाट भने नहुने बताइएको छ ।

यसअघि प्रचण्ड पत्नी सीताको उपचारको लागि बैङकक गएका थिए ।