असार २३  । नेपालको  सामुदायिक बिद्यालको नतिजा खस्कनुको कारण  मध्ये एक  पुस्तकको अभाव  रहेको बताइरहेको बेला काठमाडौंकै मुटुमा रहेको पद्मकन्या उच्च माविमा कक्षा ७ र ८  पढ्ने विद्यार्थीले पुस्तक देखन पाएका  छौनन भने ग्रामिण तथा हिमाली जिल्लाका बालबालिकाको समस्या झन् कति  भएको  होला ।

शैक्षिक सत्र सुरु भएको तीन महिना  बिति सक्दा पनि  काठमाडौ उपत्यकामै विद्यालय तहको पाठ्यपुस्तकको अभाव  देखिएको छ ।
 काठमाडौंका अधिकांश सामुदायिक विद्यालयका विद्यार्थीले ७ र ८ कक्षाका सबै विषयको पाठ्यपुस्तक नभएको पाइएको छ ।

काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या उच्च माध्यमिक विद्यालयकी प्रधानाध्यापक रीता तिवारीका अनुसार पाठ्यपुस्तक उपलब्ध गराउनजनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनलाई पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेका कारण विद्यार्थी  नँयापाठ्यपुस्तक पढ्न नपाएको बताइन्

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।