असार २१  । सुनसरी पकली कान्छीचोक बस्ने २० बर्षीय अमित राईको घर नजिकै रहेको बाँसघारीबाट
प्रहरीले मेड इन युएसए लेखेको पेस्तोल  बरामद गरेको छ ।
 ईटहरी–५ स्थित जनता बहुमुखी क्याम्पसमा असार २० गते  विविएस तेस्रो बर्षको पढाई भइरहेको अवस्थामा निज अमित राईको ८ प ७२५ नम्वरको मोटरसाइकमा आई कक्षा कोठामा एक्कासी प्रबेश गरी  श्रीमती बिमला लिम्बु कहाँ छ निकाल भनी पेस्तोल  देखाई शिक्षकलाई धम्काएर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले निजलाई उक्त मोटरसाइकल सहित दिउसो पक्राउ गरेको थियो ।
अनुसन्धानको क्रममा प्रहरीले निजको घर नजिक बाँसबारीमा फालेको अवस्थामा उक्त पेस्तोल बरामद गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।