असार २१ । अजय धोवीको  आँखाको नानी फुट्ने  गरी कुटपिट गर्ने बाँके हिरमिनियस्थित भेरी जोन इङलिस मिडियम स्कुलकी शिक्षिका आराधाना रानालाई प्रहरीले पक्राउ  गरेको छ । शिक्षिका रानालाई पक्राउ गरी अनुसन्धान सुरु गरीएको छ ।

  गृहकार्य नगरेको भन्दै शिक्षिका आराधाना रानाले कापीले  हान्दा ८ बर्षिय बालक अजय धोबीको आँखाको नानी गुमेको थियो।

शिक्षिका रानाको  कुटाइले असारको ९ गते आँखामा चोट लागेपछि  अजयलाई उपचारका लागि नेपालगन्जस्थित फत्तेबाल आँखा अस्पतालमा ९ दिन सम्म राखिएपनि अजयको आखामा सुधार नभए पछि थप उपचारका लागि काठमान्डौं रिफर गरिएको  हो ।

 अहिले बालक अजयको तिलगंगा आखा अस्पतालमा उपचार भईरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।