आसार २० । नेपाली फुटबलमा सुधार भई फिफा वरियतामा नेपाल २ स्थान माथि चढेको छ ।
विश्व फुटबल सम्बन्धी हेर्ने सर्वोच्च संस्था फिफाले यही जुलाई महिनाको वरियता सार्वजनिक गर्दा नेपालले आफ्नो वरियतामा सुधार गरेको हो।
नेपाल १ सय ७१ औं स्थानमा रहको नेपाल अहिले २ स्थान माथि चढ्दै १ सय ६९ औ स्थानमा उक्लेको छ ।
फिफा वरियतामा स्पेन पहिलो स्थानमा कायमै छ भने दोस्रो स्थानमा जर्मनी रहेको छ । यस्तै दक्षिण एसियामा सबैभन्दा अगाडी अफगानिस्तान १४० औ स्थान, भारत १४६, बंगलादेश १५२, माल्दिभ्स १५४ स्थानमा रहेका छन ।
Comments