असार २० । अमेरिकामा पीएचडी गर्दै गरेका आठ जना नेपाली पक्राउ परेका छन् ।
जालसाजी गरी आश्रित (डिपेन्डेन्ट) लाई अमेरिका पुर्याएको अभियोगमा केन्सास राज्यमा आठजना नेपाली विद्यार्थी पक्राउ परेका हुन् ।
पक्राउ पर्ने सबै म्यानहटनस्थित केन्सास स्टेट युनिभर्सिटीका विद्यावारिधि (पीएचडी) का विद्यार्थी भएको आजको अन्नपूर्ण पोष्टले खबर छापेको छ ।
उनीहरुलाई राज्यका न्यायाधिवक्ता ब्यारी ग्रिसमले विद्यावारिधि गरिररहेका नौजना नेपाली विद्यार्थीमाथि पाँच वर्षअघि आश्रितलाई अमेरिकी भिसा दिलाउन जालसाजी गरेको अभियोग लगाएका छन् ।