असार १९ । नेकपा–माओवादीका नेता हरिभक्त कडेँलले असम्बैधानिक र ओलकतान्त्रिक तरिकाले जुन सरकार बनेको छ त्यसलाई ट्रयाकमा ल्याउन चुनाव बहिस्कारको निर्णय भएको बताएका छन ।
अहिले जवरजस्ती निर्वाचन गर्न खोजिए मुलुकमा यूद्ध निम्त्याउने र एकतर्फी यूद्धको घोषणा हुने बताएका छन ।माओबादीले यूद्ध होईन वर्ग संघर्षको लागि लडेको पार्टी भएकोले नेपाली जनताको पक्षमा लडिरहने उनले बताएका छन । अहिलेको सरकार अराजनीतिक, अलोकतान्त्रिक, असम्बैधानिक भएकाले यसले देशलाई सिक्किमिकरण तर्फ लैजाने ठोकुवा गरेका छन ।
सरकारले चुनाव नै सबै थोक हो भनेर जनतालाई भ्रम दिने काम गरेको उनले आरेप लगाए र असम्बैधानिक तवर गरेको निर्वाचनको औचित्य नहुने बताएका छन ।
सरकारले जबरजस्त निर्वाचन गराएमा प्रतिरोध गर्ने निर्णय बैठकले गरेको उनले बताए ।