नेपालमा पनि निर्वाचनको ठुलो हल्ला  चलिरहेको छ । कसैले हुन्छ कसैले हुन्न भन्दैछन,  नेकपा माआवादीले भर्खरै  यथास्थितिमा चुनाव हुन नदिने निर्णय गरेको छ । म्याक्सिकोमा पनि यस्तै भएको छ ।

 घटना यस्तो छ- म्याक्सिकोमा एउटा सहरमा   मेयरको चुनाबमामा यस्तो घटना देखिएको  हो ।  केही मानिसहरु निर्वाचनको लागि  लड्ने बताइरहेका छन तर बिपक्षीहरु यस निर्वाचनको विरोधमा छन । उनीहरुले उठेका उम्मेदवारको खारेजीको माग गरेका छन।

 उनीहरुले निर्वाचनको विरोधको रुपमा बिरालोलाई  उठाएका छन । चार जना साथीले यसको सुरुवात गरेका थिए अहिले सामाजिक सन्जालबाट यसको ठुलो सख्यामा सहमती चलाएका छन । उनीहरुले मुसालाई होईन बिरालो लाई भोट देउ भन्दै व्यंग्य  गरेका छन ।
निर्वाचनमा बिरालोलाई उम्मेदवार बनाएर उनीहरुले नौलो तरिकाको विरोधको प्रयोग गरेका हुन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।