असार १९। लगातारको बर्षाका कारण कपिलबस्तुको गोटिहवा स्थित
प्राचिन अशोक स्तम्भ डुबानमा रहेको छ।
गोटिहवामा रहेको अशोक स्तम्भ जमिनको सामान्य सतह भन्दा तल भएकाले बर्षेनी बर्षायाम संगै स्तम्भ डुवानमा पर्ने गरेको छ।
विश्वमै परिचित यहाँको अशोक स्तम्भको अस्तित्व संकटमा परेको छ । संरक्षणका लागि लुम्बिीनी विकास कोषले स्तम्भ डुवान हुन नदिन अहिले सम्म कुनै पहल गरेको छौन ।वर्षायाममा अलिअलि पानी पर्दा पनि स्तम्भ डुबानमा पर्ने गरेको छ ।
अहिले उत्त स्तम्भ हल्लिए ढल्न लागेको स्थानिय बताउदछन । यसको पुन मर्मत नगरे यसको अस्तित्व समाप्त हुने चित्ता स्थानियबासीले गरेका छन ।
भारतीय सम्राट अशोकले क्रकुछन्द बुद्धको जन्म स्थल भनेर इसा पूर्व तेश्रो सताव्दीमा यही स्थानमा अशोक स्तम्भ गाडेका थिए ।
तौलिहवा बाट देखि ५ किमी टाढा रहेको बौद्ध धर्मावलम्बीहरुको आस्थाको ठूलो स्थल मानिने स्तम्भको अहिले बेवारिसेरुपमा रहेको छ । एक बिगहा क्षेत्रफलमा रहेको उक्त स्थान अहिले गाई भौसी चराउने र केटाकेटीहरुको खेल्ले चउरमा परिणत भएको छ ।