असार १९  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले द्रुत गतिमा  भ्रष्टाचार अभियान शुरु गरेपछि अनियमितता र भ्रष्टाचारमा संलग्न धेरै
आतंकित भएका छन ।

  अख्तियारले अकुत सम्पति आर्जन गरेका सरकारी कर्मचारी तथा अन्यको पहिचान गरी अनुसन्धान गर्ने र कारवाहीको प्रक्रिया अघि बढाउने योजनाबद्ध अभियान सुरु गरेकाले अनियमितता र भ्रष्टाचार गरेकाको सातो गएको छ ।

अख्तियारको अभियानबाट  अहिले अर्बपति घोषित विनोद चौधरीलाई अप्ठारोमा परेका छन । उनलाई  भ्याट छलीको गम्भीर अभियोग लागेका चौधरीमाथि मनि लन्ड्रिङ र विदेशी मुद्रा अपचलनको आरोप लागेको छ । 

चौधरीले नेपालको कानुनविपरित विदेशमा अर्बौं लगानी गरेका छन् भने उनीमाथी दिवंगत राजपरिवारको सम्पति लुकाएको आरोप पनि छ । पूर्वसभासदसमेत रहेका चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पत्र पठाई आफ्नो सम्पतिको सम्पुर्ण विवरण उपलब्ध गराउन आग्रह गरेको छ । अख्तियारको पत्र आएपछि चौधरी तर्सिएका छन । उनले आफुविरुद्ध कुनै कारवाही प्रक्रिया अघि नबढाउन भनी विभिन्न शक्तिकेन्द्रहरुमा धाउन थालेको समेत बताइएको छ ।

बिगतमा पनि चौधरीविरुद्ध भ्याट छलीमा कारवाही हुन लाग्दा अर्थमन्त्री भरतमोहन अधिकारीले त्यस बेला बचाइदिएका थिए । उनको सिजी कम्पनीका विभिन्न उत्पादनहरु विक्री गर्दा नक्कली बिल प्रयोग गरेको कुरा राजश्वले छापा मार्दा पत्ता लागेको थियो ।

उद्यमी व्यापारीको आवरणमा पञ्चायतकालदेखि बिनोध चौधरीले गर्दै आएको अपराध अब पर्दाफास हुने सम्भावना छ । अख्तियारले सम्पति विवरण प्रस्तुत गर्न गतसाता विनोद चौधरीको नाममा पत्र काटेपछि आत्तिएका चौधरीले अन्तराष्ट्रिय शक्तिकेन्द्र समक्ष  गुहार गरेको  आजको घटना र विचारले समाचार छापेको छ  ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।