हलिउडका नायक टम  कु्रसले आफनो साँत  बर्षकी छोरी सुरीको सुरुक्षाको लागि चार जना बडिगार्ड राखेका  छन ।  टम कु्रसले आफ्नो ती छोरीको सुरक्षाको लागि ५० हजार डलरमा (नेपाली रुपैया लगभग ४८ लाख)हप्ताको  तलब दिने सर्तमा छोरीको सुरक्षाको लागि सुरक्षाकर्मि राखेका हुन ।

स्रोतका अनुसार उनको छोरी र पत्नीको सुरक्षामा विभिन्न स्थानबाट खतराको महसुस भए पछि उनले यस्तो गर्नु परेको बताइएको छ । यसैले छोरी र आमाको सुरक्षाको लागि २४ घण्टा  सुरक्षाको घेरा भित्र बसिरहेका छन । अनि नायक पनि अहिले यताउता हिड्डा ४ जना सुरक्षाको लागि बडिगार्ड लिएर जाने गरेका छन ।

उनको  छोरीको सुरक्षा दिन राखिएका व्यक्ति सुरक्षाकर्मिले सुरक्षा सम्वन्धी दक्षता हासिल गरेका छन । उनीहरुले सुरक्षा सम्बन्धी अन्तराष्ट्रिय लाइसेन्स प्राप्त  पनि गरेको जनाइएको छ ।  उनले आफनौ छोरीको मायाले गर्दा यस्तो सुरक्षाको व्यवस्था गरेका हुन  ।   यस पछि उनको परिवार डरबाट मुक्त भएका छन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।