असार १८ । पर्वतको सदरमुकाम कुश्माबजारमा आज एक हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
डोल्पाबाट काठमाडौं लागि उडेको श्री एयरलाइन्सको हेलिकप्टर सदरमुकामस्थित चण्डिका सशस्त्र प्रहरी गणमा आकस्मिक अवतरण गरिएको हो ।
पोखरामा इन्धन राखेर काठमाडौं जाने तयारीमा रहेको उक्त हेलिकप्टर एक्कासि मौसममा खराबी आएपछि अवतरण गरिएको बताइएको छ ।
हेलिकप्टर मा चालक दलकासहित छ जना नेपाली सवार रहेको बुझिएको छ ।
Comments