असार १८  । इजिप्टमा भइरहेको  सकंट समाधान गर्ने भन्दै इजिप्टेली सेनाले सरकारलाई ४८ घण्टे  अल्टिमेटम दिएको छ । तर त्यहाँका राष्ट्रपति मोहमद मूर्सीले भने उक्त अल्टिमेटमको वेवास्ता गर्दै आफ्नै तरिकाले अगाडी बढ्ने जनाएका छन ।

 इजिप्टमा राष्ट्रपति विरोधी आन्दोलन चर्किरहेको बेला त्याहाको सेनाले यस्तो चेतावनी दिएको  हो ।

 सेनाले हजारौं  नागरीकलाई  राष्ट्रपति मोहमद मुर्सीले गरेको कार्य प्रति रुष्ट भइरहेको अवस्थामा सेनाले यस्तो चेतावनी दिएको  हो ।

त्यहाका जनताले राष्ट्रपति विभेदकारी नीतिको बिरोध गर्दै उनको राजिनामाको माग सहित  केही दिन यताआन्दोलन गरीरहेका छन।

 इजिप्टमा लामो समय सत्तामा बसेका होस्नी मुवारक सत्ताच्युत भएपछि मूर्सी राष्ट्रपति भएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।