असार १८ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को जापान भ्रमण जाने निर्णय रद्द भएको छ ।
एक महिना अगाडी तय भएको जापान भ्रमण पार्टी भित्रको बिवाद कायमै रहेकोले र सोही समयमा विस्तारित बैठक हुने भएकोले भम्रण स्थगित गरिएको हो ।
पार्टीभित्रको समस्या बढ्दै गएकोले त्यसलाई मिलाउनका लागि उनले जापान भम्रण स्थगित गर्नु परेको बताइएको छ ।