असार १७ । अमेरिकामा आगो निभाउने क्रममा जलेर १९ अग्नी नियन्त्रकको ज्यान गएको छ ।

एरोजना राज्यको जंगलमा लागेको आगो निभाउन गएका नियन्त्रणका जलेर ज्यान गएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाको एरोजना राज्यको यारनेल शहर नजिकैको जंगलमा रातका समयमा भीषण आगलागी हुँदा जंगल नजिकैको वस्ती नै सखाप भएको छ । आगो अझै नियन्त्रणमा आई नसकेको बताइएको छ ।

आगलागी हुने वित्तिकै बस्तीका सर्वसाधारण सुरक्षित स्थानतर्फ लागेका छन्। आगलागीमा एक जना सर्वसाधारणको अवस्था अज्ञात छ । आगो निभाउन सयौंको संख्यामा अग्नी नियन्त्रक खटिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।